काठमाडौं। एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका–२४ र कुटुम्ब ब्यान्डको सहकार्यमा आइतवार काठमाडौंको इन्द्रचोकमा रङको पर्व फागुको अवसरमा ‘फागु पुन्ही या भिन्तुना’ मनाएको छ । नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रममा कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा सहभागीले फोटोबुथ र एशियन पेन्ट्स बाथसेन्सको ओपन सावरको पनि सुविधा लिएका थिए । एशियन पेन्ट्स नेपालका देशीय निर्देशक गोपालकृष्णन्ले सामाजिक सद्भाव र एकता बढाउने फागु पर्वमा कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.