ठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक शुरु भएको छ । अर्थमन्त्रालयमा केही बेरअघि बैठक शुरु भएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वको उक्त समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे सदस्य छन् ।
बैठकले गभर्नरका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिसको निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।
मन्त्रिपरिषद्को बैठक पनि आजै ६ बजे बस्ने भएको छ । उक्त बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।
सरकारले गभर्नर सिफारिस गर्न गत चैत १० गते अर्थमन्त्री पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो । त्यसयता समिति दुईपटक पुनर्गठन भइसकेको छ ।
समिति गठन हुँदा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई समितिको सदस्य थिए । त्यसको केही दिनपछि भट्टराईले राजीनामा दिए । त्यसपछि निवर्तमान गभर्नर अधिकारीलाई सदस्य नियुक्त गरियो ।
त्यसपछि डा. पौडेलले पदबाट राजीनामा दिए । त्यसपछि उनको ठाउँमा डा. पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरियो ।