काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२५’ को सन्दर्भमा विद्यार्थी तथा युवा लक्षित सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकका विभिन्न शाखामार्फत भएको कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवाको सहभागिता थियो ।
साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारी वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी थिए । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ ।