काठमाडौं । एनआइसी एशिया लघुवित्त बित्तीय संस्था लि.ले आफ्ना कोशी, कर्णाली, सुदूरपश्चिम लगायत प्रदेशका विभिन्न शाखाहरूमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत १६ गते सम्पन्न कार्यक्रममा सदस्यहरूलाई बचत, ऋण व्यवस्थापन, बीमा, र वित्तीय सुरक्षा जस्ता विषयमा जानकारी प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार सहभागिहरूले वित्तीय ज्ञानको आवश्यकता र यसको दैनिक जीवनमा प्रयोगिता बारे चर्चा समेत गरेका थिए । संस्थाले यस्ता कार्यक्रमहरू निरन्तरता दिने र समुदायमा सचेतना अभिवृद्धि गर्ने बताएको छ ।
प्रमुख शाखाका कार्यक्रम
१. भोक्राहा शाखा (कोशी प्रदेश):
उपप्रदेश कार्यालय ईटहरी अन्तर्गत भोक्राहा शाखामा अनुगमन अधिकृत नवीन तिम्सिना, शाखा प्रमुख रमेश पण्डित, र कर्मचारीहरूको उपस्थितिमा ५२ जना सदस्यले सहभागिता जनाए । श्री आधारभूत विद्यालयका प्रधानाध्यापक रमानन्द मेहताले विद्यालयको कोठा उपलब्ध गराएकोमा संस्थाले आभार व्यक्त गरेका थियो ।
२. डल्ली शाखा (कर्णाली प्रदेश):
खलंगा अनुगमन कार्यालय अन्तर्गत डल्ली शाखामा ४८ जना सदस्यको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो । यहाँ अनुगमन अधिकृत तिलक भट्टराईले वित्तीय साक्षरताको महत्त्व बुझाएका थिए भने शाखा प्रमुख भरत पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
३. गोठीज्यूला शाखा (राकमकर्णाली):
सुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको प्रमुख उपस्थितिमा ५१ जना सदस्य सहभागी भए । अनुगमन अधिकृत धर्मराज बम र शाखा प्रमुख सुरेस टमटाले वित्तीय साक्षरता र पुनर्स्थापनाका विषयमा जानकारी दिएका थिए ।
४. उर्लाबारी शाखा (कोशी प्रदेश):
उर्लाबारी र गौरादह शाखाको संयुक्त आयोजनामा ५० जना सदस्यले छलफलमा भाग लिए । अनुगमन अधिकृत टिका ब. थापा र शाखा प्रमुख बरमदेव राजवंशीको नेतृत्वमा वित्तीय सुरक्षाका उपायहरू छलफल भए।
५. थलह शाखा (जामुनेबजार):
छेडागाड नगरपालिका वार्ड नं. ४ मा प्रहरी सहायक निरीक्षक मिन बहादुर परियार र प्रधानाध्यापक कर्ण बहादुर थापाको उपस्थितिमा ३९ जना सदस्य र अभिभावकले कार्यक्रममा सहभागिता जनाए।
६. झापाबुङ्गल शाखा (सुदूरपश्चिम):
उपप्रदेश कार्यालय पाटन अन्तर्गत ३८ सदस्यको सहभागितामा प्रहरी सहायक निरीक्षक वीर सिंह ठगुन्ना र वार्ड सदस्य प्रेम बहादुर भण्डारीको उपस्थिति रहेको थियो।
दिपायल शाखा:
४७ सदस्य सहभागी भएको यहाँको कार्यक्रममा अनुगमन कार्यालय प्रमुख कलम बहादुर थापाले कार्यक्रमको आवस्यकता प्रभावकरीता लगायतको जानकारी दिएक थिए भने शाखा प्रमुख दिपक दत्त जोशीले संचालन गरे। कार्यक्रममा ७ वर्षदेखि संस्थासँग जोडिएका सदस्य जगु बिक पार्कीलाई सम्मान गरियो।