काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विशेष छुट दिने उद्देश्यले दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल र होटेल क्रिस्टल पशुपति, काठमाडौंसँग छुट सम्झौता गरेको छ । यसअन्तर्गत बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई खाद्य, पेय, आवास र अन्य सेवामा १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सेल्स एण्ड मार्केटिङ सहनिर्देशक सितु श्रेष्ठ बीच छुट सम्झौता हस्ताक्षर भएको हो । यसले ग्राहकहरूलाई खाद्य, पेय र अन्य सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
यसैगरी, होटेल क्रिस्टल पशुपतिसँगको सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले खाद्य, पेय र आवासमा २० प्रतिशत छुट पाउनेछन् । यसमा होटेलका सेल्स एण्ड मार्केटिङ निर्देशक रोशन सुवाल र बैंककातर्फबाट पंडा बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रम बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा केन्द्रिय कार्यालयमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत विकास आनन्द, सल्लाहकार छपि राज पन्त र दुवै पक्षका उच्च पदाधिकारीहरू उपस्थित थिए ।
३१ वर्षदेखि सेवा प्रदान गरिरहेको नेपाल एसबिआई बैंकसँग हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहित बैंकिङ इकाई, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम, र १ कर्पोरेट कार्यालय रहेका छन् ।