काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत कोशी प्रदेश स्थित मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ मा रहेको लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । दलित, जनजाति, अनाथ र विपन्न वर्गका १५० भन्दा बढी बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यममा शिक्षा दिँदै आएको यस विद्यालयको पठनपाठन सहज बनाउने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्युटर र प्रिन्टर विद्यालय प्रतिनिधिहरूमा हस्तान्तरण गरे । उनले यो सानो सहयोगले विद्यार्थीहरूको डिजिटल सिकाइमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गर्दै विपन्न समुदायलाई सहयोग गर्न पाउँदा आफ्नो बैंक हर्षित भएको बताए । साथै, बैंकले आगामी दिनमा सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सिएसआर कार्यक्रम विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
बैंकले हालसालै नेपालमै पहिलो पटक फोनपेसँगको साझेदारीमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ भने मोबाइल एपबाट शेयर आवेदन र ऋण लेनदेन नम्बर सेवा पनि सुरु गरेको छ । “बैंक अफ द इयर २०२४” को उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले देशभरि ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।