काठमाडौं। सानिमा बैंकले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । ‘ग्लोबल मनी विक २०२५’ को सन्दर्भ पारेर बैंकले चैत ४ देखि चैत १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
बैंकका विभिन्न शाखामार्फत यस वर्षका लागि तय गरिएको ‘थिंक बिफोर यु पलो, वाइज मनी टुमरो’को थिमलाई टेवा पुर्याउने गरी विभिन्न स्कुल तथा कलेजका विद्यार्थीमाझ साक्षरता कार्यक्रम गरिएकोे बताइएको छ । बैंकले विगतका वर्षदेखि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखामार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ ।