काठमाडौं। सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा शाखा कार्यालय बनेपा तथा नारायणगढको आयोजनामा आइतवार बनेपास्थित संकल्प क्याम्पस र भरतपुर लायन्सचोकस्थित बालकुमारी कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । संकल्प क्याम्पसका स्नातक तहका ६५ जना विद्यार्थी र बालकुमारी कलेजका कक्षा ११ तथा १२ का ७० जना विद्यार्थी कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुको बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.