काठमाडौं। एभरेष्ट बैंकले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा कलेजमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा करीब ३ हजारभन्दा बढी विद्यार्थी सहभागी भएकोे बताइएको छ ।
उक्त कार्यक्रममा विद्यार्थीलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको थियो । ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ थिमका साथ सम्पन्न गरिएको विभिन्न कार्यक्रममा युवामा वित्तीय ज्ञान, शीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।