काठमाडौं। वित्तीय साक्षरता जगाउने उद्देश्यले विश्वव्यापी रूपमा मनाइएको ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले कात्तिक ४ देखि १० गतेसम्म विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
बैंकले विभिन्न स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको हो । बैंकले ग्राहकलाई लक्षित गर्दै यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ । बैंकले १६५ शाखा, ९९ शाखारहित बैकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर, २०४ एटीएममार्फत अत्याधुनिक प्रविधिमार्फत बंैकिङ सुविधा प्रदान गर्दै आएको छ ।