काठमाडौं। सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनी विक २०२५’ कार्यक्रमअन्तर्गत बैंकको शाखा कार्यालय पनौतीको आयोजनामा बिहीवार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित तेजगंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । कार्यक्रममा क्याम्पसका कक्षा ११ तथा १२ का गरी ७५ जना विद्यार्थीको उपस्थिति थियो । कार्यक्रममा बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा, डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुको बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.