काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले गत वर्षको तुलनामा यस वर्ष करीब १५ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा १ करोड ७ लाख रुपैयाँभन्दा बढी रहेको थियो ।
यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढेको देखिन्छ । गत वर्ष ५ करोड ५२ लाख रुपैयाँभन्दा बढी कुल सञ्चालन आम्दानी रहेको कम्पनीको यस वर्ष यो उक्त आम्दानी ७ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ८३ लाख ३० हजार रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ ।
जगेडा कोष रकम ४ करोड २ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ रकम भने ८३ लाख ३० हजार रुपैयाँभन्दा बढी छ ।
यस अवधिसम्म कम्पनीले ४७ करोड १९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव १३ प्रतिशत कायम भएको छ ।
वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३२ रुपैयाँ ८ पैसा छ ।