काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ३ दशमलव ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ३६२ दशमलव ५२ कायम भएको छ ।
नेप्सेल बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३७६ दशमलव ३० मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर सोमवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।