काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक पदमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी श्रेष्ठलाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।