काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ४ लाख २६ हजार ९९० दशमलव ३० कित्ता संस्थापक शेयर शुक्रवारबाट विक्रीमा ल्याएको छ ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा आएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।