काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ८३ दशमलव ४० प्रतिशत वृद्धि भएकोछ । ।
अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २९ करोड ७२ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा बढेर रू. ५४ करोड ५१ लाख पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।
कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ६४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब ३६ करोड आम्दानी गरेकोमा गत आवमा बढेर रू. २ अर्ब २४ करोड पुगेको हो ।
चुक्ता पूँजी रू. ८८ करोड ४७ लाख रहेको कम्पनीले जगेडामा रू. १ अर्ब २१ करोड सञ्चिति गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशलमव १६, मूल्य आम्दानी अनुपात ७८ दशमलव ७१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३ दशलमव ६८ छ।