काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी नेपाली बजारमा ल्याएको छ । यो मोबाइल १ टिबीको विशाल स्टोरेज, एडभान्सड ग्यालेक्सी एआई फिचर र सहज मल्टी टास्किङ क्षमतासहित रहेको बताइएको छ ।
अरू भेरियन्टमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई थप परिष्कृत बनाउँदै यो नयाँ १ टिबी भेरियन्टले प्रयोगकर्ताको कार्यक्षमता र सृजनात्मकता दुवैलाई नयाँ उचाइ दिने कम्पनीको दाबी छ । यो मोबाइल टाइटटेनिएम सिल्भरब्लु, टाइटटेनिएम ग्रे रङमा उपलब्ध रहेको बताइएको छ ।
नेपाली बजारमा यसको मूल्य २ लाख ३४ हजार ९९९ कायम गरिएको छ । सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको ‘इन्स्टा फाइनान्स सुविधा’मार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मासिक ११ हजार ७५० रुपैयाँ ईएमआई सम्मबाट प्राप्त गर्न सक्ने बताइएको छ ।
यो मोबाइल किन्दा १ वर्षको १ पटकको ब्रेकिज इन्स्योरेन्स र पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरीद गर्न चाहनेका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।