काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले रू. ६७ करोड ५२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म रू. ४५ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४८ दशमलव ८५ प्रतिशत बढी खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको वित्तीय आम्दानी र लाभांश आम्दानी बढेको छ । गत वर्ष रू. ६९ करोड ४७ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब २ करोडभन्दा बढी वित्तीय आम्दानी गरेको छ ।
गत वर्ष रू. १ करोड ७ लाखभन्दा बढी लाभांशबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ करोड ३३ लाखभन्दा बढी यो आम्दानी गरेको छ ।
कम्पनीको कुल सम्पत्ति पनि गत वर्ष रू. २३ अर्ब २१ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू. २४ अर्ब ७२ करोडभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ३५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ६६ रहेको छ ।