काठमाडौं । हिमालय उर्जा विकास कम्पनी (Himalaya Urja Bikas Company Limited)ले संस्थापक शेयरधनीको शेयर फुकुवा गरेको छ । कम्पनीले बुधवार एक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीको शेयर फुकुवा गरिएको जनाएको छ ।
कम्पनीमा १० हजार र सोभन्दा बढी शेयर लगानी गर्ने सञ्चालक र निजका एकाघरका परिवारबाहेक अन्य सबै संस्थापक शेयरधनीको शेयर फुकुवा भएको हो ।
आफ्नो परिचय खुल्ने सरकारी कागजातसहित काठमाडौंको नारायणचौरस्थित नबिल इन्भेस्टमेण्ट एण्ड बैंकिङमा गई सक्कल प्रमाणपत्र बुझिलिन शेयरधनीहरूलाई कम्पनीले अनुरोध गरेको छ ।