काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २०० प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । माघ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले विद्युत् नियमन आयोगबाट स्वीकृति लिई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृति पाएपछिमात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासनपश्चात् प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकम बैंकहरूबाट लिएको दीर्घकालीन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ ।