काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा असार ३१ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ९९ करोड रहेको छ । बोर्डले शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएमा चुक्ता पूँजी रू. १ अर्ब ९८ करोड पुग्नेछ ।
जलविद्युत् कम्पनीहरूलाई कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेको छ । सोही व्यवस्थाबमोजिम यस कम्पनीले पनि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।