काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र नाफा चैत मसान्तको तुलनामा वैशाख मसान्तमा घटेको छ ।
चैत मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ५९ पैसा रहेकोमा वैशाख मसान्तमा घटेर १० रुपैयाँ ४६ पैसामा कायम भएको हो । त्यस्तै फण्डको नाफा चैत मसान्तसम्ममा रू. ५ करोड ९४ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ४ करोड ५९ लाखमा झरेको छ । वैशाख महीनामा फण्डको आम्दानीमा घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा प्रभावित भएको हो ।
फण्डको कुल खर्च चैत मसान्तमा रू. १ करोड ५६ लाख रहेकोमा वैशाख मसान्तमा बढेर रू. १ करोड ७४ लाख पुगेको छ । त्यस्तै फण्डले चैत मसान्तमा रू. ७ करोड ५० लाख आम्दानी गरेकोमा वैशाख मसान्तमा घटेर रू. ६ करोड ३४ लाखमा झरेको छ ।
यस फण्डले सचीकृत शेयरमा लगानी पनि केही घटाएको छ । चैत मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. ५० करोड ५७ लाख रहेकोमा वैशाख मसान्तमा रू. ४९ करोड ८३ लाख छ ।