काठमाडौं। हिमालयन बैंक लिमिटेडले काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न स्थानमा रहेका १६० भन्दा बढी संस्थासँग छूटसम्बन्धी सम्झौता गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायग्नोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री विक्रेतासँग छूटसम्बन्धी सम्झौता गरेको हो । त्यस्तै खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुईपांग्रे सवारीसाधन, कस्मेटिक, बुटिक, सैलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुर्स लगायतमा पनि सम्झौता गरिएको छ । सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै अधिकतम २० प्रतिशतसम्म छूटको व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । छूट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनुभन्दा अगाडि हिमालयन बैंकको ग्राहक भएको प्रमाण पेश गर्नुपर्ने बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.