काठमाडौं। मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार २०२३’ बाट सम्मानित भएको छ । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १०औं वार्षिक परिषद्का अवसरमा उक्त पुरस्कारबाट डिस्टिलरी सम्मानित भएको हो ।
उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीलाई यस पुरस्कारबाट थप हौसला मिलेको कम्पनीको भनाइ छ । आगामी दिनमा कर्पाेरेट सुशासन र वित्तीय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले उत्पादन क्षेत्र मध्येबाट उक्त पुरस्कारको ‘गोल्ड अवार्ड’ प्राप्त गरेको हो ।
उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अझ एकाउन्टेन्ट्स (साफा)मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीको भनाइ छ । कम्पनी दक्षिण एशियाली स्तरमा नेपालको प्रतिनिधित्व गर्दै सुशासनको अभियानको नेतृत्व गर्न पाएकोमा उत्साहित भएको बताइएको छ । सन् १९८५ मा स्थापना भएको डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओक जस्ता मदिरा उत्पादन गर्दै आएको छ ।