काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत गरेको छ ।
गत मंगलवार बसेको कम्पनी सञ्चालक समिति बैठकले असार ३१ गतेदेखि लागू हुने गरी दुगडको राजीनामा स्वीकृत गरेको हो । उनले व्यक्तिगत कारण देखाउँदै गत असार ३१ गते राजीनामा दिएका थिए ।