काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनोद आचार्य पुनः नियुक्त भएका छन् ।
यसअघि पनि सीईओकै जिम्मेवारीमा रहेका आचार्यको कार्यकाल यही असार मसान्तसपछि सकिँदै थियो ।
असार १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी आचार्यलाई पुनः आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।