काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन पावर पार्टनर रू. १० करोड ४३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म रू. १ करोड ७० लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष खर्च बढ्दा नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीको कुल खर्च रू. ३८ करोड २६ लाखभन्दा बढी भएको छ । गत वर्ष भने कम्पनीले कुनै पनि शीर्षकमा खर्च गरेको थिएन ।
यस वर्ष विद्युत् विक्री आम्दानी रू. २६ करोड ३३ लाखभन्दा बढी भएको कम्पनीले गत असोज १४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६ करोड ५४ लाख १७ हजार रहेको छ । रिटेन्ड अर्निङ रू. ११ करोड ४७ लाखभन्दा बढी रहेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ रू. २० करोड ६६ लाखभन्दा बढी थियो । तेस्रो त्रैमाससम्म कम्पनी रू. ९ दशमलव ७९ प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ७७ रहेको छ ।