काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले अम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकको विषय पनि टुंग्याउनेछ ।
साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको आर्थिक सहयोग रकमलाई अनुमोदन गर्ने र चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने विषयमाथि पनि सभामा छलफल हुनेछ । यस वर्ष कम्पनीले लाभांशसम्बन्धी प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।