काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । मङ्सिर २९ बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी दिएको हो ।
कम्पनीले कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी दिएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस बुक क्लोजको आधारमा पुस ११ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।