काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २२औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ ।
कम्पनीले सभा अर्पण ब्यांक्वेट थापागाउँ नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरीे सुमन शर्मा चौलागाईलाई बाँकी कार्याकालको लागि सञ्चालक पदमा नियुक्त गरिएकोले सो को अनुमोदन पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको हो । यस आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।