काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ६६ हजार ३३५ कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ ।
कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्री खुला गर्दा वितरण हुन नसकेपछि उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा आवेदन पेस गर्नुपर्नेछ । यो शेयरको विक्री मूल्य प्रचलित नियमानुसार सञ्चालक समितिले निर्णय गरेअनुसार हुनेछ ।