काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ८४ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा कम्पनीले रू. १० करोड ९२ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. १ करोड ६७ लाखमा झरेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ९८ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ६४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २८ प्रतिशत र सञ्चालन नाफा ८५ प्रतिशत घटेको हो ।
नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाा ३५ पैसा रहेकोमा गत आवमा घटेर ३ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
चुक्ता पूँजी रू. ४९ करोड ७४ लाख रहेको कम्पनीले जगेडामा १५ करोड ९८ लाख र रिटेन्ड अर्निङमा रू. २ करोड २६ लाख सञ्चिती गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ७० र तरलता अनुपात १४ दशमलव ५३ प्रतिशत रहेको छ ।