काठमाडौं । लगातार दुई कारोबार दिन घटेको नेप्से सोमवार भने १५ दशमलव ८३ अंक बढेर बन्द भएको छ । नेप्से २ हजार ६८३ दशमलव २४ विन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो आवको तुलनामा आज घटेको छ । अघिल्लो कारोबार दिन रू. ७ अर्ब ७२ करोड बराबरको कारोबार भएकोमा आज रू. ६ अर्ब ३४ करोड बराबरको कारोबार भएको छ ।
केही दिन अगाडि बजार करीब २८ सय नजिक अर्थात २७८८ विन्दुसम्म पुगेपछि करेक्सनमा गएको थियो । सो विन्दुबाट घटेर आज बजार इन्ट्रा डे मा २६६१ सम्म झर्यो । तर सोमवार उक्त विन्दुबाट बजार फर्किएको छ । अब यो वृद्धिले निरन्तरता पाउँछ वा पाउँदैन त्यो भोलिको बजारले देखाउने छ ।
पछिल्लो समय शेयर बजारका लागि सकारात्मक पक्ष हुदा पनि समग्रमा सुस्त रहेको छ । अहिलेको बजार परिदृश्यले अझै पनि लगानीकर्ताहरु नीतिगत सुधारको पक्षमा रहेको संकेत गर्दछ ।
लगानीकर्ताले शेयरको जोखिमभार घटाउनुपर्ने आवाज लामो समयदेखि उठाइरहेका छन् । मौद्रिक नीति समीक्षामार्फत यो माग सम्बोधन गरिनुपर्ने लगानीकर्ताले माग राखिरहेका छन् । यद्धपि शेयर बजारमा लगानी गर्नु पुर्व कम्पनीको आधारभुत पक्ष हेरेर लगानी गरेमा जोखिम कम हुने शेयर जानकारहरु बताउँछन् ।
सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ५१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३८ प्रतिशत वृद्धि भएको छ ।
३०९ धितोपत्रको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर ६५ हजार ८२४ पटकमा रू. ६ अर्ब ३४ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धिभएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९४१ दशमलव ५० कायम भएको छ । त्यस्तै दोस्रोमा बेष्ट फाइनान्सको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत वृद्धि भएर रू. ८९८ पुगेको छ ।
सोमवार ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४९४ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ नामक ऋणपत्रको मूल्य ५ दशमलव ३१ प्रतिशत घटेर रू. १ हजार ७० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा पनि ङादी ग्रुप पावर कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ५४ करोड बराबरको कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा बेष्ट फाइनान्सको रू. २५ करोड २९ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी म्युचुअल फण्डको सूचक शून्य दशमलव ३२ प्रतिशत घटेको छ भने बढ्नेमा वित्त समूहको सूचक २ दशमलव २७ प्रतिशत वृद्धि भएको छ ।