काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सबल योजनाले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा बढाएको छ । असोज मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ७३ करोड १२ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा बढाएर रू. ७६ करोड ८१ लाख पु¥याएको छ ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने असोजको तुलनामा कात्तिकमा केही घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ५ पैसा रहेकोमा कात्तिक मसान्तमा ११ रुपैयाँ ३ पैसा कायम भएको छ ।
त्यस्तै फण्डको नाफा असोजको तुलनामा कात्तिकमा सामान्य घटेको छ । असोज मसान्तमा फण्डले रू. ४ करोड १८ लाख नाफा कमाएकोमा कात्तिक मसान्तमा रू.४ करोडमा झरेको छ । फण्डको आम्दानी घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा प्रभावित भएको हो । असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ५७ लाख रहेकोमा कात्तिक मसान्तमा रू. ४ करोड ५१ लाखमा सिमित भएको हो । त्यस्तै फण्डको कुल खर्च असोज मसान्तमा रू.३८ लाख ८१ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ५१ लाख ३ हजार पुगेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.