काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा कात्तिक मसान्तसम्ममा रू. ८६ करोड ६४ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा भने रू. ८७ करोड १ लाख थियो । यस आधारमा असोजको तुलनामा कात्तिक महीनामा फण्डले सूचीकृत शेयरमा लगानी केही घटाएको छ ।
त्यस्तै फण्डले कात्तिक मसान्तसम्ममा रू. १० करोड ८४ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा २ दशमलव ७८ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू. ११ करोड १५ लाख नाफा कमाएको थियो । कात्तिक महीनामा फण्डको आम्दानी घटेकाले नाफा घटेको हो । असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू. ११ करोड ६९ लाख रहेकोमा कात्तिक मसान्तमा घटेर रू. ११ करोड ५४ लाखमा सिमित भएको छ ।
नाफा घटेसँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ पनि असोजको तुलनामा कात्तिकमा घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ १२ पैसा रहेकोमा कात्तिक मसान्तमा ११ रुपैयाँ ९ पैसामा झरेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.