काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिक मसान्तमा रू. १६ करोड ४७ लाख नाफा कमाएको छ ।
यो नाफा असोज मसान्तको तुलनामा रू. ११ लाख १० हजार कमी हो । सो अवधिमा फण्डले रू. १६ करोड ५८ लाख नाफा कमाएको थियो । कात्तिक महीनामा फण्डको खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । असोज मसान्तमा फण्डको कुल खर्च रू. ५९ लाख ९६ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू.७८ लाख ५७ हजार पुगेको छ ।
फण्डको जम्मा आम्दानी भने असोजको तुलनामा कात्तिकमा वृद्धि भएको छ । असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू.१७ करोड १८ लाख रहेकोमा कात्तिक मसान्तमा बढेर रू. १७ करोड २५ लाख पुगेको छ ।
नाफाघटेसँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) पनि असोज महीनाको तुलनामा कात्तिक महीनामा केही घटेको छ । असोज मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ७५ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर १२ रुपैयाँ १४ पैसा कायम भएको छ ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि असोजको तुलनामा कात्तिक महीनामा बढाएको छ । असोज मसान्तमा फण्डले रू. ९१ करोड ८८ लाख सूचीकृत शेयरमा लगानी गरेकोमा कात्तिक मसान्तमा बढाएर रू. ८९२ करोड ५८ लाख पुर्याएको हो ।