काठमाडौं । कान्तिपुर फर्मास्युटिक्स ल्याब लिमिटेडले पहिलो वार्षिक साधारण सभा पुस १ गते गर्ने भएको छ । सभा होटल सारथी धुलिखेल काभ्रेमा दिउँसो २ः३० बजे शुरु हुने जनाएको छ ।
सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । स्वतन्त्र सञ्चालकको नियुक्ती , कम्पनी एन बमोजिम आव २०८०/८१ मा भएको खर्च अनुमोदन गर्ने र नियमन निकायहरुको निर्देशनमा नियमावलीको प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।