काठमाडौं । नेपाल राष्ट्र बैंकले जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुबै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।
बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र लम्कीचुहा नगरपालिका– ४, कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/ गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।
यी दुई कम्पनी गत चैत १८ गते एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।