नेपाल जडीबुटी उद्योग संघको पहलमा नेपालमा जडीबुटीको व्यावसायिक खेती गरिने समाचार प्रकाशमा आएको छ । उद्योग सञ्चालक आफै कच्चा पदार्थ उत्पादनमा समेत लाग्नु निश्चय पनि स्वागतयोग्य विषय हो । त्यसो त, नेपाल आफै जडीबुटीको भण्डार भएको देश हो । तर, नेपालमा भएका औषधीय वनस्पति सबैको पहिचानसमेत हुन नसक्नु आफैमा दु:खको विषय हो ।
औषधीय वनस्पतिको खोजी, पहिचान र विस्तारका निम्ति वनस्पति विभाग नै खडा गरिएको छ । तर, विभागले भने अहिलेसम्म ७ सय १ प्रकारका मात्र औषधीय जडीबुटीको पहिचान गरेको तथ्यांक छ । विज्ञहरूका अनुसार नेपालमा त्यस्ता वनस्पतिको संख्या ४ हजारभन्दा बढी छ । सन् १९७८ तिरै फ्रान्सबाट एसएस हाण्डाको नेतृत्वमा आएको वनस्पति विज्ञको टोलीले २ हजार ६ सय औषधीय वनस्पतिको पहिचान गरेको संवद्र्धन, विस्तार र प्रयोगमा समेत नेपाल धेरै पछि परेको प्रस्ट हुन्छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक १४७, बुधवार, २ फागुन, २०६९