बैंकक (थाइल्याण्ड) । थाइल्याण्डकी प्रधानमन्त्री श्रेता थाभिसिनलाई त्यहाँको संवैधानिक अदालतले बुधवार बर्खास्त गरेको छ ।
१६ वर्षअघि केही समय जेलमा रहेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर नैतिकता उल्लङ्घन गरेको भन्दै अदालतले उनलाई पदमुक्त गरेको हो ।
उनी प्रधानमन्त्री भएको एक वर्ष पनि पूरा भएको छैन । उनी गत वर्षको अगस्ट २२ मा प्रधानमन्त्री बनेका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार थाइल्याण्डमा प्रधानमन्त्री बर्खास्त भएसँगै उपप्रधान तथा वाणिज्यमन्त्री फुम्थाम वेचायाचाई कार्यवाहक प्रधानमन्त्री बन्नेछन् । एजेन्सीको सहयोगमा