काठमाडौं। महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेश गरेको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ को तेस्रो सस्ंकरण जेठ २२ देखि २४ सम्म सञ्चालन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको छ । कुल ३१ खेल हुने र १६० जना खेलाडी रहने उक्त लिगमा ७ वाणिज्य बैंक, ८ विकास बैंक र १ वित्त कम्पनीको सहभागिता रहनेछ । उक्त लिगको उद्घाटन जेठ २२ गते बिहान ७ बजे र समापन तथा पुरस्कार वितरण जेठ २५ गते हुनेछ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.