काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ३४ हजार ५०० कित्ता संस्थापक शेयर आजबाट विक्री गर्ने भएको छ ।
कम्पनीले कात्तिक १४ गतेसम्म आवेदन पेश गर्न सकिने गरी विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागेको हो ।
यी शेयरको मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी शेयर खरीदका लागि आवेदन पेश गर्नुपर्नेछ ।
न्यूनतम २५० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कात्तिक १४ गते अपराह्न ३ बजेभित्र कम्पनीको शेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो ।