नेपाल तयारी पोशाक उद्योग सङ्घ (गान)ले शीप विकास तालीम केन्द्र स्थापनाको पहल थालेको छ । नेपाल सरकारसमेतको संलग्नतामा स्थापना हुने भनिएको सो तालीम केन्द्रलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहयोग गर्ने भएको छ । हाल व्यापार तथा निकासी प्रवर्धन केन्द्र (टीईपीसी)मा पुगेको सो प्रस्ताव शुक्रवार बस्ने व्यापार विकास समितिको बोर्डमा पेश हुँदैछ ।
बजेटका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव गरिएको सो तालीम केन्द्रलाई आयोगले पास नगरेपछि टीईपीसीले आफ्नै कोष परिचालन गरेर भए पनि अगाडि बढाउने भएको हो । ‘हामीले यसै साता बस्ने बोर्डको बैठकमा सो प्रस्ताव लिएर जाँदैछौं,’ टीईपीसीका टेक्स्टाइल इञ्जिनीयर राजेन्द्र सिंहले भने ।
निजीक्षेत्रको नेतृत्व र सरकारको सहभागितामा स्थापना भई कुनै क्षेत्रविशेषका लागि जनशक्ति उत्पादन ‘फिनिशिङ’लाई मुख्य विषयका रूपमा समेट्ने छ । यी तालीम क्रमश: ९० र ६० दिनका हुनेछन् । तालीमको अधिकांश पाठ्यक्रम व्यावहारिक शीपमा आधारित हुनेछ । तुलनात्मक रूपमा बढी सृजनशीलता र शैक्षिक योग्यता चाहिने र लामो समय सञ्चालन गर्नुपर्ने भएकाले तत्काल ‘डिजाइनिङ’को तालीम दिन लागिएको हो । ‘डिजाइनिङ गर्नेले कमाइ पनि राम्रो गर्छ जसले कामदारलाई नेपालमै बस्न हौसला दिन्छ,’ सिंहले भने ।अहिले पनि डिजाइनिङका लागि दक्ष जनशक्तिको अभाव रहेको उनी बताउँछन् ।
वर्ष ७, अंक ३५०, शुक्रवार १५ भदौ, २०६९