logo
जर्मनी पनि मन्दीमा जान सक्ने ! केन्द्रीय बैंकले दियो चेतावनी !
जर्मनी पनि मन्दीमा जान सक्ने ! केन्द्रीय बैंकले दियो चेतावनी !
तस्वीर : सीएनएन
९ फाल्गुण २०८०

बर्लिन (जर्मनी) । जर्मनीको केन्द्रीय बैंक बुन्डेसबैंकले यो वर्ष (सन् २०२४)को पहिलो त्रैमासिक (जनवरी–मार्च)मा देश मन्दीमा जान सक्ने बताएको छ । 

बुन्डेसबैंकले सार्वजनिक गरेको मासिक रिपोर्टमा यो वर्षको पहिलो त्रैमासमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कमी आउन सक्ने बताइएको छ । 

सन् २०२३ को अन्तिम त्रैमासमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ०.३ प्रतिशत कमी आएको थियो । यससँगै सन् २०२३ मा पनि जीडीपीमा कमी आएको थियो । 

बैंकले भनेको छ, ‘यस कुरालाई नकार्न सकिँदैन कि रेल र हवाई यात्रालगायत क्षेत्रमा हड्तालले जीडीपीमा कमी आएको हो ।’

जर्मनीमा मन्दी आए पनि लामो समय भने नरहने बैंकको भनाइ छ । हालै जापान र बेलायतमा पनि मन्दी देखिएको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.