काठमाडौं। ज्योति क्यापिटल लिमिटेडको सोमवार सम्पन्न सञ्चालक समितिको ५९औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आएकी बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको सञ्चालकमा नियुक्त गरेको छ । बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा १२ वर्षभन्दा बढीको अनुभव रहेकी श्रेष्ठसँग ज्योति विकास बैंकको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको बताइएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर समेत गरेको बताइएको छ । सञ्चालक श्रेष्ठको कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नेमा क्यापिटल विश्वस्त रहेको बताइएको छ ।