काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित चार विभिन्न रेस्टुराँमा बैंकका ग्राहकलाई छूट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । बैंकले कमलपोखरीस्थित ‘अचार घर’, दरबारमार्गस्थित ‘महोत्सव रेस्टुरेन्ट एण्ड बार’ हात्तीसारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार’ तथा कमलादीस्थित ‘क्याफे लायन हर्ट तन्दुरी किचन’सँग सम्झौता गरेको हो । यी संस्थामा ग्राहकले १० प्रतिशतसम्मको छूट पाउने भएका हुन् ।
बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छूट र सुविधा प्रदान गर्दै आएको बताएको छ । ‘स्वस्थ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो’ भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको बताएको छ । बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ ओटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।