काठमाडौं। ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित ‘जस्मिन फिटनेस क्लब एण्ड स्पा’मा छूट पाउने भएका छन् । क्लबका सेवामा बैंकका ग्राहकले २० प्रतिशतसम्मको छूट पाउनेसम्बन्धी सम्झौता भएको हो ।
हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर’, काठमाडौंको ‘ट्रान्क्विलिटी स्पा’ र ‘टिस्टुङ रिसोर्ट’सँग पनि छूटसम्बन्धी सम्झौता गरेको थियो । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई छूट र सुविधा प्रदान गर्दै आएको छ ।
‘स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड’ भन्ने मान्यतालाई शिरोधार्य गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करीब ९०० भन्दा बढी शिशुको जीवन रक्षा भएको बैंकले जानकारी दिएको छ ।