काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच)लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । निफ्राले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।
सहयोग रकमबराबरको चेक निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका थिए । बैंकको रजिस्टर्ड कार्यालयमा सम्पन्न चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अधिकारीसहित नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपानेलगायतका पदाधिकारी तथा उक्त संस्थाको तर्फबाट डा. कोइराला र भुवन दाहाललगायतका पदाधिकारीहरूको उपस्थिति थियो । बैंकबाट प्रदान भएको यो रकम काठमाडौंको बुढानीलकण्ठमा निर्माण भइरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुने केआइओसिएचले जनाएको छ ।