काठमाडौं । नेपालले दक्षिण एसियाली यु–१९ ब्वाइज फुटसल प्रतियोगिताको खेलमा जित हात पारेको छ । शनिबार भएको खेलमा यु–१९ ब्वाइजमा नेपालको ‘ए’ र ‘बी’ टिमले समान २–२ जित निकालेका हुन्। प्रतियोगितामा नेपाल ‘ए’ ले बङ्गलादेशलाई ५–२ तथा भारतलाई १८–१ गोलले पराजित गरेको थियो । नेपाल ‘बी’ ले भारतलाई १३–१ बङ्गलादेशलाई ८–२ गोलअन्तरले हराएका थिए ।
त्यस्तै, महीला तर्फ नेपालले दोस्रो स्थान हाँसिल गरेको छ । व्यक्तिगत पूरूषतर्फ सारांश पुरी (नेपाल) सर्वाधिक गर्ने खेलाडी, सुगत श्रेष्ठ (नेपाल) उत्कृष्ट गोलकिपर र विल्सन हङ्सरूम्बा (नेपाल) उत्कृष्ट खेलाडी बनेका थिए । महिला तर्फ भने किटिंग त्रिपुरा (बङ्गलादेश) सर्वाधिक गोल गर्ने, महलाथुई मार्मा ( बङ्गलादेश ) उत्कृष्ट गोलकिपर र सारा बज्राचार्य (नेपाल) उत्कृष्ट खेलाडी बनेका थिए ।
नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलको संयुक्त आयोजनामा उक्त प्रतियोगिता भएको भएको थियो । बंगलादेश विद्यालय खेलकुद महासंघ र दक्षिण एसियाली विद्यालय खेलकुद महासंघको सहयोगमा भएको प्रतियोगिताको ब्वाइजमा नेपालको २ सहित ४ टिम सहभागी छन् । गल्र्सको यु–१७ मा नेपालको २ सहित ३ टिम सहभागी छन् । राउन्ड रोविन लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
सातदोबाटोस्थित आयोजक प्रिमियरको हातामा भएको प्रतियोगिता पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले एक उद्घाटन गरेका थिए । सो अवसरमा आयोजक महासंघका अध्यक्ष विनोद श्रेष्ठ, महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्की, प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविना थापा, आयोजक महासंघका उपाध्यक्ष मोहन कार्कीलगायतको उपस्थिति रहेको थियो ।