काठमाडौं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ काठमाडौंमा सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरूका प्रमुख कार्यकारी निर्देशकहरू लगायत अन्य सरोकारवालाकोे उपस्थिति थियो ।
कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा संवाद एवं छलफल गरेका थिए । एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्त्वलाई जोड दिए । साथै उनले नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरबारे प्रस्ट्याए ।
एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ्ग र फिक्कल टी एन्ड कफी जस्ता कम्पनीहरूमा गरेको लगानीको सफलताबारे प्रस्तुति दिए ।
एनआइएमबि एस क्यापिटल लिमिटेडका अध्यक्षसचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिए । उनले भने, ‘आजको ज्ञान र अनुभव आदान–प्रदानले हामीलाई नयाँ अवसरहरू खोजी गर्न र प्राइभेट इक्विटीमा दिगो वृद्धि र प्रगति ल्याउन सहयोग गर्नेछ ।’